प्रत्येक वर्षकाे मे २९ लाई सगरमाथा अन्तराष्ट्रिय विशेष दिवसका रूपमा मनाइने
काठमाडाैं, १६ जेठ । सरकारले प्रत्येक वर्षकाे मे २९ लाई सगरमाथा अन्तराष्ट्रिय विशेष दिवसका रूपमा मनाउने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यस्ताे बताएका हुन् ।
उनले हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुऱ्याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालाई सम्मान गरिने बताए ।
नेपालको हिमाली सभ्यता, जीवनशैली, स्रोत तथा सम्भावनाको पहिचान, अध्ययन-अनुसन्धान एवं पर्यटकका लागि सोकेस गर्न उपयोग हुने गरी हुने गरी हिमालयन रिसोर्स सेन्टरको स्थापना गरिने अर्थमन्त्री पुनले बताए ।
उपल्लो मुस्ताङ लगायतका सांस्कृतिक महत्त्वका स्थानमा मौलिक संरचना नबिग्रने गरी संरचना निर्माण गर्न पाइने व्यवस्था मिलाइने पनि उनकाे भनाइ छ ।