Date

शुक्र, साउन ११, २०८१
Fri, July 26, 2024

अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट, कुन मन्त्रालयले कति बजेट पायाे ?

अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट, कुन मन्त्रालयले कति बजेट पायाे ?

काठमाडाैं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/०८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक बजेटमा सबैभन्दा बढी अर्थ मन्त्रालय र सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई छुट्याइएकाे छ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयलाई २ खर्ब २२ अर्ब, शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड, गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।

यस्तै रक्षा मन्त्रालयले ५९ अर्ब ८७ करोड,सहरी विकास मन्त्रालयले ९२ अर्ब ६३ करोड,ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ८७ अर्ब ५५ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८६ अर्ब २४ करोड, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५७ अर्ब २९ करोड र खानेपानी मन्त्रालयले २६ अर्ब ६३ करोड रुपैयाँ बजेट पाएका छन् ।

यसैगरी वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९१ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नौ अर्ब २८ करोड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आठ अर्ब १० करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड, परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड, युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड, महिला र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड रूपैयाँ बजेट विनियाेजन गरीएकाे छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x