Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

२३.८१ अंकले घट्याे नेप्से, ४ अर्ब ५७ करोडकाे काराेबार

२३.८१ अंकले घट्याे नेप्से, ४ अर्ब ५७ करोडकाे काराेबार

काठमाडाैं, १६ जेठ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार दाेहाेराे अंकले घटेकाे छ ।  आज नेप्से परिसूचक २३ दशमलव ८१  अंकले घटेर २०८९ दशमलव ४२को विन्दुमा पुगेको हो ।

आज ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।

बुधबार काराेबार भएकाे बजारमा १९१ वटाको मूल्य घटेको छ  भने ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

आज घटेकाे बजारमा युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर गरी ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सरकारले मंगलबार प्रस्तुत गरेको आगामी बजेटबाट लगानीकर्ता असन्तुष्ट देखिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x