Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

बजेटमार्फत देशभित्रै अवसर खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छाैँ: अर्थमन्त्री पुन

बजेटमार्फत देशभित्रै अवसर खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छाैँ: अर्थमन्त्री पुन

काठमाडाैं, १६ जेठ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट आम जनतामा आशा जगाउने प्रयास गरिएको बताएका छन् । बुधबार बजेटपछिकाे अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पुनले मुलुकमा छाएकाे आर्थिक मन्दीलाई मध्यनजर गर्दै आशा जगाउने खालको बजेट ल्याएकाे बताए ।

उनले भने, ‘प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं । सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । कसैको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

अर्थमन्त्री पुनले बजेटमार्फत देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेकाे बताए।

यस्तै उनले अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेकाे भन्दै भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने नयाँ चरणको सुधारको प्रयास गरिएकाे बताए ।

यस्तै उनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *