Date

शुक्र, कार्तिक २३, २०८१
Fri, November 8, 2024

सामसङ ग्यालेक्सी एम ३५ ५जी सार्वजनिक

सामसङ ग्यालेक्सी एम ३५ ५जी सार्वजनिक

काठमाडाैं, २८ जेठ । सामसङ नेपालले लामो समयदेखि प्रतिक्षा गरिएको सामसङ ग्यालेक्सी एम ३५ ५जी सार्वजनिक गरेको छ।

ग्यालेक्सी ग्यालेक्सी एम३५ ५जी को प्रभावशाली ६००० एमएएच ब्याट्रीले एक्टेन्डेड युजेज समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ताहरू र फोन चलाउँदै हिँड्नेहरूका लागि उपयुक्त छ।

यसले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ र निःशुल्क चार्जरको साथ आउँछ।

६।६ इन्च एफएचडीं१२० एचजेड को ससपर एमोलेड डिस्प्ले सहित ग्यालेक्सी एम३५ ले जीवन्त दृश्यहरू प्रदान गर्दछ।

भिजन बुस्टरको साथ १००० निट्सको पिक ब्राइटनेससँग प्रयोगकर्ताहरूले सूर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्नेछन्।

यो स्मार्टफोन भर्सटायल क्यामेरा सेटअपको साथ आउँछ।

यसमा अप्टिकल इमेज स्टेविलाइजेसन (ओआइएस), ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको साथ ५० एमपी मुख्य क्यामेरा छ।

भिडियो खिच्न रुचाउनेहरूले ३० एफपिएसमा ४के रेकर्डिङ र ७२० पीमा २४० एफपिएसमा स्लो मोसन क्षमताहरूको मजा लिन सक्नेछन्।

यसमा भएको १३एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिन सकिनेछ।

ग्यालेक्सी एम ३५ एम३एक्स सिरिजको पहिलो फोन हो, जसले डल्बी एटमोस सपोर्ट गर्दै स्टेरियो स्पिकरहरू प्रदान गर्दछ, यसले उत्कृष्ट अडिओ अनुभव प्रदान गर्दछ। यसमा कुनै हेडफोन ज्याक भने छैन।

पावर बटनमा साइड–माउन्ट गरिएको फिंगरप्रिन्ट रिडरले डिभाइसलाई सुविधाजनक र सुरक्षित बनाउँछ। यो डिभाइसले २५ वाट वायर्ड चार्जिङलाई पनि सपोर्ट गर्ने भएकोले चाँडो पावर–अपहरू दिने निश्चित छ।

यो फोन गाढा निलो, खैरो र हल्का निलो तीन रंगहरूमा उपलब्ध छ।

देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध ८ं२५६जिबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार सामसङको आधिकारिक स्टोरहरूबाट इन्स्टा फाइनान्स सेवाअन्तर्गत यी फोनहरू शून्य प्रतिशत इएमआइमा खरिद गर्न सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x