Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

आज अपराह्न १ बजे त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

आज अपराह्न १ बजे त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारको पूर्वाभ्यास गरिने भएकोले दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएकाे हाे ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थलमा विमान दुर्घटना सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ।

सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने यसकाे उद्देश्य रहेको छ ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x