Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडाैं, १२ असार । बुधबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६० दशमलव १६ बिन्दु कायम भएकाे छ ।

आज काराेबार भएकाे बजारमा ५७ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १८६ वटाकाे घटेकाे छ । यस्तै ३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

सबैभन्दा धेरै गुमाउनेमा साधना लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ ६.३८ प्रतिशतले घटेको छ । घटेकाे बजारमा नेपाल फाइनान्सको सेयर मूल्य भने ९.५५ प्रतिशतले उकालो लागेको छ।

आज काराेबार रकममा पनि गिरावट आएकाे छ । ८६ ला २७ हजार १ सय ६४ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। जुन मंगलबारको तुलनामा करिब १३ करोड कम हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x