Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकर राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’लोकार्पण

बैंकर राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’लोकार्पण

काठमाडाैं, १६ असार । लगभग साढे चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका सुपरिचत व्यक्तित्व राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाईनियाल्दा’आज एक समारोहमाझ विमोचन भएकोछ। पुस्तकको विमोचन पूर्वमन्त्री एवंमाननीय सांसद शरत सिंह भण्डारी, माननीय सांसद प्रा। डा। चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा। तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपतिडा लोक विक्रम थापारखेम बहादुर रायमाझीद्वारा संयुक्तरूपमा गरिएको हो ।

राष्ट्र बैंकमा २६ वर्ष बिताएका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि प्राज्ञिक क्षेत्रमा सक्रिय बन्न खोजिरहेका बेला अनायासै सिटिजन्स बैंकको स्थापनासँग जोडिन्छन् र त्यसका लागि महत्त्वपूर्ण पहलकदमी लिन्छन् । अन्ततः प्रमुख कार्यकारी अधिकृतर सञ्चालक समितिको अध्यक्ष गरी १७ वर्ष यसै बैंकमा खर्च गर्छन् ।

यस अवधिमा उनले देखे(भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् । तसर्थ, यो कृतिनेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास पनि हो। मौद्रिकरवित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत क्यास काउन्टरका कर्मचारीदेखि सीईओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आमपाठक जो–कोहीले पनि आ-आफ्नो ढङ्गले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग कहीँ न कतै आफूलाई पाउँछ।

प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालका शब्दमा, योकिताबआमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’भन्दाफरकछ।किनकि, यसमा लेखकले आफूलाई ‘हिरो’ वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन्, बरू कमजोरीको पनि खुलेर चर्चा गर्छन्।सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ तर राजनसिंह भण्डारीका हकमा यी कयौँ ‘नियम’ लागू हुँदैनन्।

रिमाल अगाडि भन्छन्, ‘देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी(व्यवसायीले ऐन(मौकालाई कसरीउपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरूको प्रस्तुति पुस्तकको अर्को पुँजी हो।’

पूर्वमन्त्री शरत सिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् । पूर्वगभर्नर डा। तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए ।

प्रतिनिधि सभा सदस्य प्रा। डा। चन्दा कार्कीको भनाइ छ, ‘लेखकलेआफूलाई एक कुशल प्रशासक, कुशल व्यवस्थापक, एककुशल उद्यमी, एक कुशल गायकको रूपमा स्थापित गरिसकेको कुरा कसैलेनकार्न सक्दैन। यस पुस्तकले उनको सहृदयता, साहित्यिक क्षमता, लेखनकला र समर्पणको अर्को रूपको पनि उजागर गरेको छ।’

१३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य रू १००० राखिएको छ ।पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानीशिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x