Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

११ महिनामा ५९.८ प्रतिशतले बढ्याे फलाम तथा इस्पातका उत्पादनको निर्यात

११ महिनामा ५९.८ प्रतिशतले बढ्याे फलाम तथा इस्पातका उत्पादनको निर्यात

काठमाडाैं, २३ असार। चालु आर्थिक वर्षको ११ महिनामा फलाम तथा इस्पातका उत्पादनको निर्यात ५९.८ प्रतिशतले बढेको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आवकाे साउनदेखि जेठमसान्तसम्म १५ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।

यस्तै यसै अवधिमा  फलाम तथा इस्पातकाे आयात ११.८ प्रतिशतले घटेकाे छ । यस अवधिमा १ खर्ब ३५ अर्ब ६९ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पात आयात भएको छ ।

गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँ बराबरको फलाम तथा रड आयात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x