गत आर्थिक वर्ष २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रियाे
काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५१ किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको २ हजार ६५१ किलो सुन आयात भएकाे हाे ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको २ हजार ९१६ किलो सुन आयात भएको थियो ।
गत वर्ष आयातित सुनकाे परिणाम घटे पनि बाहिरिने रकम भने बढेकाे हाे । सुनको मूल्य बढेकाले गत आर्थिक वर्ष परिमाणमा कम आयात हुँदा पनि खरिदमा बाहिरिएको रकम बढी हुन गएको विभागले जनाएकाे छ ।
साेमबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला १ लाख ४६ हजार हजार ३०० निर्धारण गरिएकाे छ ।