रामचन्द्र जोशी आगामी ४ वर्षका लागि छिमेक लघुवित्तको सञ्चालकमा पुनः नियुक्त
काठमाडौं, ८ साउन । छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । आइतवार बसेको सञ्चालक समिति बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यही साउन १३ देखि लागू हुने गरी आगामी ४ वर्षका लागि सञ्चालकमा जोशीलाई नियुक्त गरिएको हाे।
निजी क्षेत्रका संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका जोशीको यो कार्यकाल यही साउन १२ गते सकिँदै छ ।