३५.५५ अंकले बढ्याे नेप्से, १७ अर्बभन्दा बढीकाे काराेबार
काठमाडौं, १५ साउन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । साेमबार २०.४६ अंकले बढेकाे नेप्से आज ३५.५५ अंकले बढेर २६ सय ९६ दशमलव ६५ बिन्दुमा पुगेकाे छ ।
आज ४ कराेड ३७ लाख १ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ कराेड ६३ लाख ९१ हवार बराबरकाे काराेबार भउकाे छ ।
यस दिन बजारमा कुल १८९ कम्पनीको सेयर मूल्य बढेको छने ४७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बैंक, म्युचिअल फण्ड, नर्जिवन बिमा र ट्रेडिङ उपसमुह घटेका छन् भने बाँकी सबै बढेका छन् ।
आज प्राेग्रेसिभ फाइनान्स, वरूण हाइड्राेपावर, सान्जेन जलविद्युत र नेपाल वेयरहाउजीङ कम्पनिकाे सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ भने एसियन हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेकाे छ ।