Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

काठमाडौं, १५ साउन । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्नका लागि लायन्सगेट प्लेसँग सहकार्यको थालनी गरेको छ।

लायन्सगेटप्ले लायन्सगेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो। यस प्लेटफर्ममा दर्शकहरूलाई बाँधी राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरू लगायत थुप्रै प्रिमियम कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको छ।

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रूपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टी बढाउनु हो।

‘बिज सधैं अन’को सुरुवातपछि यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक रहेको छ।

‘लायन्सगेट प्ले हाम्रा बिज सधैं अनका ग्राहकहरूका लागि एकदमै विशेष अफर हो। एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरूलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरू मध्येको एक लायन्सगेटको वृहत संग्रहमा पहुँच दिन्छ,’ एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने।

‘स्ट्रिमिङ पार्टनरका रूपमा लायन्सगेटसँग सहकार्य सुरू भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरूबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं।’

लायन्सगेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ। यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टिभी सोहरू, लायन्सगेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरू, वृत्तचित्रहरू, बालबालिका र पारिवारिक सामग्रीहरू र विश्वका दर्शकहरूले मन पराउने अन्तर्राष्ट्रिय चलचित्रहरू रहेका छन्।

‘विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्सगेटप्ले ल्याउन पाउँदा हामी हर्षित छौं,’ लायन्सगेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने, ‘समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृंखलाहरू सहित हाम्रो सामग्रीहरूको वृहत संग्रह देशभरका मनोरञ्जन प्रेमीहरूका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौं।’

लायन्सगेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरूले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन्।

लायन्सगेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत् सजिलै डाउन लोड गर्न सकिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x