Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

आईपीओ निस्कासन गर्दै इन्द्रेणी मसरुम फर्म,शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आईपीओ निस्कासन गर्दै इन्द्रेणी मसरुम फर्म,शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडाैं, २४ साउन । मकपवानपुरको थाहा नगरपालिका १ स्थित चिल्ताङमा केहि वर्षदेखि व्यवसायीक रुपमा च्याउ उत्पादन गर्दै आइरहेको इन्द्रेणी मसरुम फर्मले प्राथमिक शेयर निकाष्सन (आईपीओ) गर्ने भएको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने उदेश्यका साथ काम गर्दै आइरहेको बताएको छ ।

निकट भविष्यमा कम्पनीले प्राथमिक शेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट थप पूर्वाधार निर्माण तथा कोल्डस्टोर निर्माण लगायतका कार्य गर्ने पनि बताएको छ ।

नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले विसं २०७१ सालमा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो ।

नेपालमा छरिएर रहेको कृषि व्यवसाय अन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरुलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरुको आकर्षणको केन्द्रविन्दु बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्य अनुसार कम्पनीले विविध कार्यहरु गरिरहेको छ ।

हाल व्यवसायिक रुपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ, जसमा गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा छन् । देशमा बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन हुने क्रम कायमै रहेको अवस्थमा कम्पनीले प्रत्यक्ष तथा उप्रत्यक्ष रुपमा स्थानीय वासिन्दाहरुलाई रोजगारी दिइरहेको छ ।

हाल कम्पनीमा विभिन्न व्यवसायिक क्षेत्रका शेयरधनीहरुबाट १४ करोड रुपैयाँ लगानी भइसकेको छ । १९ रोपनी जग्गामा निर्मित ११ ओटा आधुनिक उत्पादन कक्षबाट दैनिक रुपमा ६०० किलोग्राम गोब्रे च्याउ उत्पादन भइरहेको कम्पनीले बताएको छ ।

बजारमा हुने प्रतिदिन १५ हजार किलोग्रामको माग आपूर्तिमा सहज पुग्ने गरि उत्पादन वृद्धि गर्न सर्वसाधारणहरुको तर्फबाट सहभागिता बढाउन आईपीओ निष्कासन गर्न लागिएको उक्त कम्पनीका अध्यक्ष धर्मेन्द्र महर्जनले बताएका छन् ।

निकट भविष्यमा यस कम्पनीले शेयर निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन शुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि बिक्रि गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्षले बताउनु भयो । चित्लाङ्ग र हेटौडाबाट उत्पादन शुरू भए पश्चात् दैनिक २,५०० के।जी। माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुनआउने भनाई छ ।

चित्लाङ्ग र हेटौंडाबाट उत्पादन शुरू गर्दा दैनिक २ हजार ५०० किलोग्राममाथि च्याउ उत्पादन गर्न सकिने सम्भाबना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने कम्पनीको भनाइ छ ।

कम्पनीले यसअघि नै शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x