Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

यी हुन् झिनाे अंकले बढेकाे बजारमा सर्वाधिक कमाउने १० कम्पनी

यी हुन् झिनाे अंकले बढेकाे बजारमा सर्वाधिक कमाउने १० कम्पनी

काठमाडाैं, २४ साउन । बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेको छ। दिनभर उतारचढाव भएको नेप्से परिसूचकले बिहान ११ बजेर २४ मिनेटमा २८ सयको बिन्दु पार गरेको थियो ।

आज अन्तिममा शुन्य दशमलव २४ प्रतिशतले घटेकाे शेयर बजार दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३ सय २२ वटा कम्पनीका ५ करोड ९ लाख कित्ता शेयर २० अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ ।हिजो ३ सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै कुथेली बुखारी स्मल हाइड्रोपावर, विशाल बजार कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *