२८ सय ६० विन्दुमा नेप्से, २५ अर्ब ७७ करोड माथिको कारोबार
काठमाडाैं, २७ साउन । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ९४.४६ अंकले बढेर २ हजार ८ सय ६० दशमलव ८४ विन्दुमा पुगेकाे छ । २८ सयकाे बिन्दु पार गरेसँगै नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको
नेप्सेमा आज उच्च काराेबारकाे रेकर्ड बनेकाे छ । यसदिन ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
यसदिन २२५ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १५ कम्पनीकाे सेयर। मूल्य घटेकाे छ । यस्तै २ वटाकाे स्थिर छ ।
आज नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी, खानिखोला जलविद्युत कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी र नेरुड मिर्मिरे लघुवित्त लगायत १४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
यस्तै साढे ९४ अङ्कले बढेको बजारमा कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।