Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु

आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु

काठमाडाैं, ३० साउन । बुधबारदेखि आइएमई र जीएमई रेमिट्यान्सबीच मर्जरपछि एकिकृत कारोबार सुरु भएको छ । इएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्सलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु भएको हो ।

बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त कारोबारकाे उद्घाटन  गरेका छन् ।

कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेस २४ वर्ष पुरा भएकाे छ । नेपालमा सबैभन्दा धेरै मुलुकहरुबाट धेरै रेमिट्यान्स भित्र्याउने आइएमईले सन् २००१ मा आफ्नो पहिलो सेवा मलेशियाबाट शुभारम्भ गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x