हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध
काठमाडाैं, १ भदाै । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।
साउन ३२ गते शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रुपमा सो सेवाको शुुभारम्भ गरे । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।
सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गिरएकाे छ । यो महत्वपूर्ण उपलब्धिका लागि मन्त्री गुरुङले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गरे ।
नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पु¥याउनु हुने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद प्रदान गरे।
आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि उहाँले सबैको सहयोगको अपेक्षा गरेकाे बताए ।