Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

लगातार दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लगातार दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ भदाै । लगाता दाेस्राे दिन पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार ताेलामा ८०० रूपैयाँले बढेकाे सुनकाे मूलय बिहिबार १ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेको छ। हिजाे सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यता बिहीबार चाँदीको मूल्य भने प्रतितोला २५ रूपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको महासंघले जनाएकाे छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *