Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न ग्लोबल जुनियर एप सार्वजनिक

सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडाैं, १८ भदाै । ग्लोबल आइएमई बैंकले ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ।बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो।

बालबालिकालाई आफैँ डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्। यो एप मार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ।

साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूको लागि ग्लोबल जुनियर एपमार्फत् नवीनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ। एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुरू गर्न सकिन्छ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्युआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू समेत उपलब्ध छन्।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x