Date

सोम, भदौ ३१, २०८१
Mon, September 16, 2024

साउनमा ४ अर्ब ३१ करोड निर्जीवन बीमा शुल्क संकलन

साउनमा ४ अर्ब ३१ करोड निर्जीवन बीमा शुल्क संकलन

काठमाडाैं, २० भदाै । चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ३ सय १४ बीमालेख बिक्री गरेका छन् ।

कम्पनीहरूले कुल बीमालेखको ४६.७७ प्रतिशत जारी गरेका छन् । अर्थात्, १ लाख १२ हजार ८ सय ६५ वटा मोटर बीमालेख जारी गर्दा सम्पत्ति बीमालेख ४२ हजार ७ सय ३८ वटा बिक्री भएको छ ।

यता, प्रिमियमको हिस्सा भने सम्पत्ति बीमाको ३३।११ प्रतिशत बढी छ । अर्थात्, सम्पत्ति बीमालेख अन्तर्गत १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ प्रिमिय संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x