Date

सोम, भदौ ३१, २०८१
Mon, September 16, 2024

तीज लक्षित कुमारी बैंककाे ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

तीज लक्षित कुमारी बैंककाे ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

काठमाडाैं, २० भदाै । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई तीजको उपलक्ष्यमा क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नवीनतम सेवा दिँदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भाद्र २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सयको क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीको विद्यूतीय भूक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x