Date

बिहि, अशोज ३, २०८१
Thu, September 19, 2024

सरकारको आम्दानी र खर्चमा सुधारकाे संकेत

सरकारको आम्दानी र खर्चमा सुधारकाे संकेत

काठमाडाैं, २ असाेज  । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा सरकारको आम्दानी र खर्चमा सुधारकाे संकेत देखिएकाे छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड सङ्कलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो ।

गत आवको सोही अवधिमा अन्य प्राप्तिसहित सरकारको आम्दानी एक खर्ब ५४ अर्ब ४२ करोड रुपियाँ थियो ।

यस्तै साउन र भदाै दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ (लक्ष्यको ७.३९ प्रतिशत) भएको छ । चालु आवमा सरकारले गरेको कुल खर्चमा चालुतर्फ ८२ अर्ब ९८ करोड, पुँजीगततर्फ १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ६७ करोड रुपियाँ खर्च भएको छ ।

गत आवको सोही अवधिमा सरकारले चालुतर्फ ८७ अर्ब ६६ करोड, पुँजीगततर्फ आठ अर्ब १६ करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ गरि एक खर्ब ३१ अर्ब १४ करोड खर्च गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x