Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, ३ असाेज । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा गरि १० वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइन लागेको हो ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *