किन बोलाए प्रधानमन्त्रीले मन्त्री र सचिवहरुको संयुक्त बैठक ?
काठमाडौ,२७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाउनु भएको छ । मन्त्रालयगत कार्ययोजना, विकास निर्माण प्रगतीका बारे समीक्षा गर्नुका साथै आगामी योजनाबारे छलफल बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवको संयुक्त बैठकको वोलाएका हुन । जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसंग छलफल गर्न लाग्नुभएको हो ।
समृद्धिको मुख्य नारा बोकेको सरकारको काम कारबाहि तथा मन्त्रालयगत योजना कार्यान्वयनमा भईरहेको ढिलाईबारे मन्त्री र सचीवहरुसंग जवाफ लिने तयारीमा प्रधानमन्त्री रहेका छन् । बैठक दिउसो १ बजे प्रधामन्त्री कार्यालयमा बस्ने छ ।