बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं, ९ असोज । बुधबार पनि सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदीको मूल्यले पनि बढेको । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ थियो ।