देवः विकास बैंकको वार्षिक साधारण सभा आज, १८ प्रतिशत लाभांश दिने

काठमाडौं, २७ असार । देवः विकास बैंकको ११औं वार्षिक साधारण सभा आज बस्दैछ । यस वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई १७.१ प्रतिशत बोनस शेयर र ०.९ प्रतिशत नगद लाभांश दिने बताएको छ । बैंकले २०७४ असोज २२ गतेसम्म कायम हुन आएको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँमा उक्त प्रस्तावित लाभांश वितरण गर्ने जनाइएको छ ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि असार १५ देखी २७ गतेसम्म शेयर किताब बन्द गरेको छ ।