Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

एनएमबि बैंकले प्रस्ताव गर्याे १५ प्रतिशत बोनस, एफपिओका आवेदकले पनि पाउने

एनएमबि बैंकले प्रस्ताव गर्याे १५ प्रतिशत बोनस, एफपिओका आवेदकले पनि पाउने

काठमाडौं, २७ असार । एनएमबि बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर बैंकको एफपिओको लागि आवेदन दिनेहरुले समेत पाउने जनाइएको छ ।

बैंकले एफपिओ बिक्रीबाट १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजीमा जोड्ने छ । जसबाट बैंकको बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । साथै बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने जनाइउको छ ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर स्विकृतीको लागि राष्ट्र बैंकमा आवेदन दिएको छ । राष्ट्र बैंकले प्रस्तावित बोनस शेयरको स्विकृती पछि बैंकले साधारण सभामा बोनस शेयरको प्रस्तावलाई पारित गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *