Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

दशैँ बिदापछिकाे पहिलाे काराेबार दिन ३१.४८ अंकले बढ्यो शेयर बजार

दशैँ बिदापछिकाे पहिलाे काराेबार दिन ३१.४८ अंकले बढ्यो शेयर बजार

काठमाडाैं, २९ असाेज । दशैं बिदापछिका पहिलाे काराेबार दिन सयर बजार मापक नेप्से दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेकाे छ ।

आज नेप्से परिसूचक बढेपनि  काराेबार रकम भने घटेकाे छ । यसदिन ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ कराेड २३ लाख ३७ हजार रुपैयाँमा कारोबार भएका छन् । गत बुधबार तीन अर्ब ७६ करोड रुपैयाँकाे कारोबार भएको थियो।

आज जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x