Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

सेयर बजार निरन्तर उकालाे, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

सेयर बजार निरन्तर उकालाे, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं, १ कार्तिक । बिहिबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । मंगलबार र बुधबार उच्च अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २.४७ अंकले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

यसदनि तीन सय १६ वटा कम्पनीका एक करोड ८८ लाख कित्ता शेयर ७ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । हिजो ५ अर्ब ६६ करोडको कारोबार भएको थयिो ।

बजारमा आज ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेकाे छ । यस्तै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज बढेको बजारमा अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।

आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x