Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

शेयर बजार २७६० विन्दुमा उक्लियो

शेयर बजार २७६० विन्दुमा उक्लियो

काठमाडौं, २५ कात्तिक । सोमबार शेयर बजार परिसूचक नेप्से २२.१४ अंक बढेको छ । बजार परिसूचक २७६० मा कायम भएको छ ।

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो ।

कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x