१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब माथिकाे काराेबार

काठमाडाैं, २९ कार्तिक । दुई दिन लगातार घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बिहिबार दाेहाेराे अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक आज सेयर बजार मापक नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २७ सय ४८ दशमलव ७८ विन्दुमा बन्द भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको छ। हिजाे एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको थियाे ।
आज १५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यस्तै ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।