पहिलो त्रैमासमा १४ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा
काठमाडौं, ३० कात्तिक ।नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । नेपाल टेलिकमले शुक्रवार बिहान सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको आर्थिक विवरण अनुसार यो अवधिमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले घटेको जनाएको हो। टेलिकमले सार्वजनिक गरेको चालु आवको त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद मुनाफा साढे २८ करोडभन्दा बढीले घटेको छ।