Date

बिहि, मंसिर ६, २०८१
Thu, November 21, 2024

५१.११ अंक घट्याे नेप्से, १० अर्ब ४६ करोडको कारोबार

५१.११ अंक घट्याे नेप्से, १० अर्ब ४६ करोडको कारोबार

काठमाडौं, ४ मंसिर । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक भारी अंक घटेकाे छ । आज नेप्से परिसूचक ५१. ११ अंक घट्दा २७०२ बिन्दुमा ओर्लिएको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका २२४ कम्पनी राताम्मे भएका छन् भने २० कम्पनीको सेयर बढेको छ यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घटेको छ ।

यसदिन बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x