Date

बुध, मंसिर १९, २०८१
Wed, December 4, 2024

यस्ता छन् नेपाल र चीनबीच भएका ९ बुँदे सम्झाैता

यस्ता छन् नेपाल र चीनबीच भएका ९ बुँदे सम्झाैता

काठमाडौं, १८ मंसिर । नेपाल र चीनबीच ९ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्ताको क्रममा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झाैतामा टोखा छहरे सुरुङ मार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, नौतले वसन्तपुर दरबार पुननिर्माण सम्पन्न, प्रशोधित बफ्यालो मिट निर्यात, विकास निर्माण, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षक र एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस्तै दुई पक्षबीच कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x