चार महिनामा जीवन बिमा कम्पनीले आर्जन गरे ५३ अर्ब ३९ करोड बिमाशुल्क
काठमाडौं, १८ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार साउनदेखि कार्तिकसम्मा १४ वटा जीवन बीमा कम्पनीले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्दा ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बिमाशुल्क, ९१ करोड ९ लाख वैदेशिक रोजगार बिमाशुल्क, ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् ।
यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
कात्तिक मसान्तसम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै यस अवधिमा नेशनल लाइफले ६ अर्ब ४३ करोड, एलआइसी नेपालले ६ अर्ब ५ करोड, हिमालयन लाइफले ५ अर्ब ५८ करोड, सुर्यज्योति लाइफले ३ अर्ब २५ करोड, एशियन लाइफले २ अर्ब ७४ करोड, सिटिजन लाइफले २ अर्ब १९ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड, मेट लाइफले १ अर्ब ८७ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमाशल्क आर्जन गरेका छन् ।