४ महिनामा झन्डै ५ अर्ब बराबरको बीमा पोलिसी त्याग
काठमाडाैं, २२ मंसिर । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा झन्डै ५ अर्ब बराबरको बीमा सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जिवन बिमा कम्पनीकाे ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।
साे अवधिमा जीवन बीमा कम्पनीहरुमा कुल व्यापारको ९.०४ प्रतिशत हाराहारीमा बीमा सरेन्डर भएको हाे ।
चालु आवको पहिलो चार महिनामा कम्पनीहरुको व्यावसायका आकार ५३ अर्ब ३९ करोड ३२ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।