Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

ताेलामा २१०० रूपैयाँले बढ्याे सुनकाे मुल्य

ताेलामा २१०० रूपैयाँले बढ्याे सुनकाे मुल्य

काठमाडौं, २५ मंसिर । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।साेमबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ६५ रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x