बुधबार ३३ अंकले घटेकाे नेप्से २७ सय विन्दुमुनि, कारोबार रकम भने बढ्यो
विराटनगर, २७ मंसिर। बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १.२३ प्रतिशतले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३३. ४२ अंकले घटेर २६ सय ८२ दशमलव २९ बिन्दुमा खुम्चिएकाे छ ।
यसदनि नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्बको कारोबार भएकोमा आज ३ सय ४ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेक छन् । यसदिन विकास बैंक, फाइनान्स, होटल, बीमा, व्यापार समूहको शेयर उच्च अंकले घटेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।भने त्रिशूली जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले बढेको छ ।