त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने
विराटनगर, २७ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ ।
विमानस्थल स्तरोन्नतिका लागि गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएकोमा आउँदो माघ १९ गते देखि ८ घण्टामात्रै बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएकोमा अब दुई घण्टा घटाउन लागिएको हो।आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।