प्रतिताेला १ हजार २ सयले घट्याे सुनकाे मूल्य
काठमाडौं, २८ मंसिर । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला १ हजार २ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मुल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।