Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

वाणिज्य बैंकहरूले रियल स्टेटमा प्रवाह हुने कर्जा ६.६५ प्रतिशतले बढाए, सर्वाधिक कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया

वाणिज्य बैंकहरूले रियल स्टेटमा प्रवाह हुने कर्जा ६.६५ प्रतिशतले बढाए, सर्वाधिक कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया

काठमाडाैं, २९ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ काे चार महिनामा  घरजग्गामा वाणिज्य बैंकहरूकाे लगानी ६ दशमलव ६५ प्रतिशतले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० ओटा वाणिज्य बैंकले चालू आर्थिक वर्ष साउनदेखि कार्तिकसम्ममा घरजग्गामा रू २ खर्ब २५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्षको यस अवधिमा यी बैंकहरूले घरजग्गामा कुल रू २ खर्ब ११ अर्ब ८९ करोड कर्जा प्रवाह गरेका थिए ।

यस अवधिमा एनआईसी एशिया बैंकले सर्वाधिक रू २७ अर्ब २१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २४ अर्ब ७४ करोड, नबिल बैंकले २३ अर्ब ७४ कराेड, प्राइम कमर्सियल बैंकले १९ अर्ब ७१ करोड, प्राइम कमर्सियल बैंकले १९ अर्ब ७१ करोड, ग्लोबल आइएमई बैंकले १६ अर्ब ६७ करोड, प्रभु बैंकले १५ अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंक १५ अर्ब १० करोड, नेपाल बैंक १३ अर्ब ७९ करोड, हिमालयन बैंक १३ अर्ब २९ करोड, राष्ट्रिय बाणिज्य बैंक ९ अर्ब ७२ करोड कर्जा प्रवाह गरेका छन् ।

  यस्तै यस अवधिमा कुमारी बैंकले घरजग्गामा कर्जा प्रवाह १५८ प्रतिशतले बढाएर ३ अर्ब ७८ करोड पुर्याएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x