Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

चार महिनामा पौने छ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

चार महिनामा पौने छ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

काठमाडाैं, २९ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा पाैने छ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म पाँच अर्ब ७६ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको हो ।

गत वर्ष सो अवधिमा तीन अर्ब ६५ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो ।गत वर्षको तुलनामा चालु आवको चार महिनामा दुई अर्ब ११ करोड रुपियाँले बढी लगानी भित्रिएको हो ।

यता उद्योग विभागका अनुसार चौमासिकमा १७ अर्ब तीन करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

चार महिनामा १५४ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । विभागका अनुसार कात्तिकसम्म १५१ साना उद्योग, मझौला एक र दुई ठुला उद्योग दर्ता भएका छन् । चार महिनामा दर्ता उद्योगमध्ये पर्यटनमा मात्र ११३, सेवामा २०, उत्पादन १३, सूचना–प्रविधि सात, खानी दुई र कृषिमा दुई उद्योग दर्ता भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x