पुसमा अधिकांश वाणिज्य बैंकहरूकाे निक्षेपकाे ब्याजदर यथावत, ३ बैंकले घटाए
काठमाडाैं, ३० मंसिर । पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपकाे ब्याजदर यथावत राखेका छन् ।
सञ्चालनमा रहेकाे २० वाणिज्य बैंकहरू मध्ये १४ वटा वाणिज्य बैंकहरूले मंसिरकै निक्षेपकाे ब्याजदर यथावत राखेका छन् । यस्तै ४ वाणिज्य बैंकहरूले २०८१ मंसिरकाे तुलनामा पुसका लागि निक्षेपकाे ब्याजदर बढाएका छन् भने २ वटा बैंले मात्र घटाएका छन् ।
नविल बैंक (५.५७ प्रतिशत) , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६.५ प्रतिशत) , माछापुच्छ्रे बैंक (६ प्रतिशत) , हिमालयन बैंक (६.२५ प्रतिशत) , नेपाल एसबिआई बैंक (६ प्रतिशत), एभरेष्ट बैंक (६ प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड (६.२५ प्रतिशत), लक्ष्मी सनराइज (५.७५ प्रतिशत) , कुमारी बैंक (५.९१ प्रतिशत), सिद्धार्थ बैंक (६ प्रतिशत), प्रभु बैंक (६.१ प्रतिशत), ग्लोबल आइएमई (५.७५ प्रतिशत) , सिटिजन इन्टरनेस्नल (५.६५ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंक (६ प्रतिशत) व्याजदर यथावत राखेका छन् ।
यस्तै सानिमा बैंकले निक्षेपकाे ब्याजदर ०.१० प्रतिशतले घटाएकाे छ । सानिमा बैंकले मंसिरमा ६.१५ रहेकाे निक्षेपकाे ब्याजदर पुसमा ६.०५ पुर्याएकाे छ भने एनआईसी एसियाले ६.७९ बाट ६.६ प्रतिशत कायम गरेकाे छ ।
यस्तै नेपाल बैंकले पुसका लागि निक्षेपकाे ब्याजदर ०.८९ प्रतिशतले घटाएकाे छ । नेपाल बैंकले मंसिरमा ५.९५ रहेकाे निक्षेपकाे ब्याजदर पुसमा ५.६ पुर्याएकाे हाे ।
यता एनएमबी बैंकले निक्षेपकाे ब्याजदर ५.७५ बाट ६.६, प्राइम कमर्सियल बैंकले ५.७५ बाट ६.२५ र कृषि विकास बैंकले ५.५३ बाट ५.५७ पुर्याएकाे छ ।