Shangrila

रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आईपिओ निष्कासनको प्रस्ताव लग्दै

काठमाडौं, ३१ असार । रिलाइन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज बस्दैछ । उक्त साधारण सभा राजधानीको सोल्टी क्राउन प्लाजामा बस्ने भएको छ ।

कम्पनीको यस साधारण सभामा प्राथमिक शेयर निष्कासनको प्रस्ताव लगिदै छ । कम्पनीले ४३ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

यस्तै यस साधारण सभाले नयाँ संचालक र लेखा परिक्षकको नियुक्ती समेत गर्ने जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *