३३.०८ अंकले घट्याे नेप्से, साढे ५ अर्बकाे काराेबार
काठमाडौं, १६ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३३.०८ अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.२६ प्रतिशतले घटेर २ हजार ५ सय ७६ बिन्दुमा पुगेको छ।
यस दिन १ कराेड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजारमा कारोबार भएको छ । गत आइतबार१ कराेड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा २८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ३ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन कुनै पनि कम्पनिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने नदिप लघुवित्त बित्तीय संस्थाको सेयर मुल्य ४.०१ प्रतिशतले बढेको छ ।
यस्तै आज सपाेर्ट माइक्राेफाइनान्स, जानकि फाइनान्स र पाेखरा फाइनान्सकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज अन्य समूह बाहेक सबै समूहका उपसुचकहरु घटेका छन्।