सामान्य अङकले बढ्याे नेप्साे, साढे ४ अर्बकाे काराेबार
काठमाडौं, १८ पुस । साताकाे अन्तिम काराेबार दिन सेयर बजार मापक नेप्से परिसुचक सामान्य अङकले बढेकाे छ । बुधबार ५.१० अंकले बढेको नेप्से परिसुचक आज पनि ४.६३ अङकले बढेर २ हजार ५ सय ८६ बिन्दुमा पुगेको छ।
यस दिन १ कराेड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजारमा कारोबार भएको छ । बुधबार ९४ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज कारोबार भएको बजारमा १५६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ११ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन न्यादी हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त बित्तीय संस्थाको सेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि कम्पनिकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज बैंकिङ, लगानी, लघुवित्त, अन्य र ट्रेडिंग समूह बाहेक सबै समूहका उपसुचकहरु बढेका छन्।