Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

सीडीएस एण्ड क्लियरिङको सिइओमा प्रविन पन्दाक नियुक्त

सीडीएस एण्ड क्लियरिङको सिइओमा प्रविन पन्दाक नियुक्त

काठमाडाैं, १८ पुस । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् । सीडीएससीको गत आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सिइओ पदमा नियुक्त गरेको हो ।

नव नियुक्त सिइओ पन्दाकले सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी बुधबारदेखि कार्यभार ग्रहण गरेकी छिन् ।

यसअघि उनी सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x