Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ललितपुर महानगरपालिकाले बृद्ध बृद्धालाई ५ हजार रुपैया प्रदान गर्ने

ललितपुर महानगरपालिकाले बृद्ध बृद्धालाई ५ हजार रुपैया प्रदान गर्ने

ललितपुर ३२ असार ।  ललितपुर महानगरपालिकाले बृद्ध बृद्धालाई ५ हजार रुपैया प्रदान गर्ने भएको छ । महानगरले आज सार्वजनिक गरिएको बजेटमा ७५ बर्ष पुरा गरी ७६ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई एकमुष्ठ ५ हजार रुपैया भत्ता दिने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाको दोस्रो नगर सभाबाट पारित आर्थिक बर्ष ०७५ । ०७६ को नीति ,कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

आर्थिक बर्ष ०७५ । ०७६ को लागि ल्याएको ४ अरव ६० करोड ७२ लाख ७ हजार रुपैयाको बजेटमा सामाजिक बिकास तर्फ रु. १८ करोड ४५ लाख, आर्थिक तर्फ रु. ८ करोड ५० लाख ७ हजार, पूर्वाधार बिकास तर्फ रु.१ अरब ६७ करोड २३ लाख, वातावरण तथा विपद ब्यवस्थापन तर्फ १७ करोड ५० लाख, र संस्थागत बिकास तपर्, ३ करोड ४५ लाख रुपैया क्षेत्रगत बजेट बिनियोजित गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x