Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पानी जहाज संचालनका लागि संस्थागत संरचना बनाउन शुरु गरिने

पानी जहाज संचालनका लागि संस्थागत संरचना बनाउन शुरु गरिने

काठमाडौं, ३२ असार ।  नेपालमा पानी जहाज संचालनका लागि नेपाल भारत दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति बनेको छ ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपालको राजधानी काठमाडौंमा दुइ दिन सम्म चलेको छलफलले अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति गरेको हो ।नेपालमा जल यातायात नारायणी र कोशीमार्फत गंगा नदीसँगै जोडिँदै भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुहरुसँग जोडने विषयमा दुवै पक्ष बीच सहमती बनेको छ ।

छलफलमा नेपाली टोलीका तर्फबाट नेपालमा जल यातायातको सम्भावना र हाल सम्मका गतिविधि सम्बन्धमा प्रस्तुति गरिएको थियो । भारतीय पक्षबाट समेत जलमार्ग सम्बन्धमा विशेषगरी जलमार्ग विकास परिमार्जन अन्तर्गतको कलकताबाट वाराणसीसम्मको एक हजार ४०० किमी लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा गण्डक (एनडब्लु (३७) (नेपालका नारायणी) तथा कोशी नदी (एनडब्लु ५८) मा जल यातायातको सम्भावना तथा गतिविधिसम्बन्धी प्रस्तुति गरिएको थियो ।

वार्ताका क्रममा कोशी, गण्डकी तथा कर्णाली नदीमा जल यातायातको प्राविधिक–आर्थिक सम्भाव्यता तथा यसका विभिन्न आयाम सम्बन्धमा विस्तृत छलफल भएको थियो ।नेपाल तथा भारतबीच जल यातायात विकासको विधि र मोडालिटी सम्बन्धमा पनि वार्ताका क्रममा छलफल भएको थियो ।भारतीय पक्षबाट नेपाललाई आवश्यक पर्ने जनशक्तिलाई तालीम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्न सकिनेसमेत सहमति भएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x